काठमाडौँ, असोज ३० गते । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
विभागले शुक्रबार बिहान ८ बजे जारी गरेको आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
देशका हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र अन्य पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति तराईमा हुस्सु, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।रातिको समयमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
पश्चिमी वायुको प्रभाव कायम
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहने सम्भावना छ।मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै वर्षा, चट्याङ तथा हिमपातको सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्नु उपयुक्त हुनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







