10/22/2026, 20:33:33
बिहिबार, कार्तिक ०६, २०८३

आगामी मङ्गलबारदेखि केही भू–भागमा वर्षा हुन सक्ने, त्रसित नहुन मौसम विभागको आग्रह

सामाजिक सञ्जालमा सात दिनसम्म वर्षा हुने भन्ने हल्लाको पछि नलाग्न अपिल; विभागको आधिकारिक सूचनालाई मात्र विश्वास गर्न मौसमविद्को आग्रह।


काठमाडौँ, कात्तिक ५ गते । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहेको जनाउँदै यसबारे त्रसित नहुन सबैसँग अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको सात दिनसम्म लगातार वर्षा हुने भन्ने हल्ला भ्रामक रहेको स्पष्ट पार्दै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

मौसमविद् महर्जनका अनुसार मौसमी प्रणाली परिवर्तनशील हुने र नेपालको सन्दर्भमा तीन दिनसम्मको पूर्वानुमान धेरै हदसम्म भरपर्दो हुने भए पनि साता दिनकै पूर्वअनुमान निश्चित हुँदैन। धान तथा बाली भित्र्याउने बेला किसानहरू त्रसित बनेको अवस्थालाई लक्षित गर्दै विभागले आधिकारिक सूचनामा मात्र विश्वास गर्न र हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

आगामी केही दिनमा वर्षासम्बन्धी वास्तविक स्थितिबारे थप सूचना सम्प्रेषण गरिने विभागले जनाएको छ।