

काठमाडौँ, साउन ३० गते । नेपालको तराई क्षेत्रमा घट्ने राजनीतिक घटना, सामाजिक परिवेश तथा अपराध र बदलाको कथालाई समेटेर निर्माण गरिएको नयाँ नेपाली चलचित्र ‘प्रतिवैरम’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ।
रोशन दासको कथा तथा निर्देशनमा तयार भएको यस चलचित्रमा मधेशको वास्तविक सङ्घर्ष, सम्बन्ध र पीडालाई केन्द्रमा राखिएको छ। युवराज भट्टराईको पटकथा तथा संवाद रहेको यो चलचित्र आगामी मङ्सिर ४ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।


यसै चलचित्रमार्फत नवकलाकार सम्राट दासले नेपाली रजतपटमा मुख्य अभिनेताका रूपमा पदार्पण गर्दै हुनुहुन्छ। बहुभाषिक प्रस्तुतिलाई प्रमुख विशेषता मानिएको यस चलचित्रलाई नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार वटा भाषामा रिलिज गरिनेछ।
चलचित्रमा सम्राट दासका साथै वरिष्ठ कलाकार रमेश बुढाथोकी, प्रदीप ढकाल, नवीन श्रेष्ठ, वीरेन्द्रसिंह कुशवाहा, अलिशा बाँस्तोला, सुप्रज्ञा शर्मा र नारायण विक लगायतका कलाकारहरूको अभिनय रहेको छ। तराईको यथार्थपरक कथा र बहुभाषिक स्वादका कारण यस चलचित्रले दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























