

काठमाडौँ, भदौ ८ गते । नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता, लौहपुरुष गणेशमान सिंहको जीवन, त्याग र निष्ठामा आधारित ऐतिहासिक नाटक ‘वीर गणेशमान’ आगामी भदौ १४ गतेदेखि काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । गणेशमान फाउन्डेसनको आयोजना र रङ्गमञ्च समूह सर्वनामको प्रस्तुति रहेको यो नाटक असोज १४ गतेसम्म सञ्चालन हुनेछ ।
वरिष्ठ रङ्गकर्मी अशेष मल्लको परिकल्पना, नाट्य रूपान्तरण र निर्देशनमा तयार पारिएको यस नाटकमा जहानियाँ राणा शासनविरुद्ध गणेशमान सिंहको सङ्घर्ष, उहाँले भोग्नुभएको कडा जेल जीवन र साहसिक पलायनलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
नाटकमार्फत प्रजातन्त्र स्थापनाका लागि उहाँले गर्नुभएको त्याग, अडिग निष्ठा तथा २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पदसमेत अस्वीकार गरी देश र जनतालाई सर्वोपरि राख्ने उहाँको राजनीतिक दर्शनलाई रङ्गमञ्चमा जीवन्त रूपमा उतारिनेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































