

काठमाडौँ, भदौ १९ गते । लगातारको वर्षाका कारण पहिरो तथा बाढी आउँदा देशभरका मुख्य राजमार्ग र सडक खण्डहरू प्रभावित भएका छन्।
नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यकासहित बागमती, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न प्रमुख मार्गहरूमा अवरोध सिर्जना भएको छ।
काठमाडौँको चिसापानी र धादिङको पृथ्वी लोकमार्गका विभिन्न स्थानमा पहिरो हटाएर एकतर्फी तथा साना सवारी सञ्चालन गरिए पनि काभ्रेको बीपी राजमार्ग, नुवाकोटको टोखा–छहरे, रसुवाको मुख्य राजमार्ग, मुगुको मुगु–गमगढी, रोल्पाको शहीदमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
प्रहरीले बाढी-पहिरोका कारण सडकको अवस्था निरन्तर परिवर्तन भइरहेकाले सबै यात्रु तथा चालकहरूलाई यात्रा सुरु गर्नुअघि अनिवार्य रूपमा सडकको पछिल्लो वस्तुस्थिति बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।




What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























