

काठमाडौँ, भदौ १८ गते । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले भेटवार्ता गर्नुभएको छ।
भेटमा रसुवामा आएको बाढी-पहिरो र त्यसपछिको खोज, उद्धार, घाइतेको उपचार तथा पीडितलाई राहत वितरणका विषयमा केन्द्रित रहेर कुराकानी भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
भेटवार्ताका क्रममा दुई नेताबिच प्राकृतिक विपद्का कारण प्रभावित भएका भौतिक पूर्वाधारहरूलाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने र सडक-यातायात सहज बनाउने विषयमा गहन छलफल भएको छ। विपद्को यस घडीमा सबै पक्ष मिलेर राहत र उद्धारमा खटिनुपर्नेमा जोड दिइएको छ।
यसैबिच, प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि छुट्टै भेटवार्ता गर्नुभएको छ। उहाँहरूबिच भएको भेटमा पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत सामग्रीको प्रभावकारी वितरण लगायतका विषयमा छलफल भएको जनाइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























