09/03/2026, 10:09:23
बिहिबार, भदौ १८, २०८३

रास्वपाको सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीतिबारे छलफल हुने


काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीस्थित ‘घण्टीघर’मा बैठक बोलाइएको हो।

उक्त बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा सम्पन्न हुनेछ। बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा गहन छलफल हुने प्रवक्ता खरेलले जानकारी दिनुभएको छ।

बैठकमा पार्टीको आन्तरिक रणनीति, आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक मुद्दामा पार्टीको धारणा तय गर्ने विषयमा केन्द्रीय नेताहरूबीच छलफल हुने जनाइएको छ।