

काठमाडौँ, भदौ ८ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको जीवन्त अनुभूति दिलाउँदै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले तयार गरिएको ५० मिनेट लामो वृत्तचित्र ‘रोड टु एभरेष्ट’को राजधानीमा ‘प्रिमियम शो’ सम्पन्न भएको छ । ‘वी विल राइज फाउण्डेशन’द्वारा निर्मित यस वृत्तचित्रले भावी पुस्ताका लागि कालजयी दस्तावेजको रूप लिने सहभागीहरूले बताएका छन् ।
पत्रकार निर्मल श्रेष्ठको निर्देशनमा तयार पारिएको वृत्तचित्रमा सगरमाथा १८ पटक आरोहण गरेका फुर्वा तेन्जिङ शेर्पा र १० पटक सगरमाथासहित १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेका निमाग्याल्जेन शेर्पाको सहयोगमा राज गुरुङले आरोहणका क्रममा खिचेका भिडियो तथा तस्बिरहरू समेटिएका छन् ।
वृत्तचित्रमा समुद्र सतहदेखि सर्वोच्च शिखरसम्मको यात्रा, नेपाली पर्वतारोहीको अदम्य साहस, आधारशिविरदेखि चौथो क्याम्पसम्मको चुनौती, पर्वतारोहीको चाप, स्वास्थ्य समस्या, र जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको गम्भीर असरलाई सजीव रूपमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष तुलसीकुमार गुरुङले नेपाली पहिचानको प्रतीक सगरमाथामा आधारित यस वृत्तचित्रलाई अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । सहभागीहरूले वृत्तचित्रमा पर्वतारोहीको दैनिक जीवन, मनोरञ्जन, धार्मिक पूजाआजा र वातावरणीय व्यवस्थापनका पाटालाई पनि समेट्दा अझ उत्कृष्ट हुने सुझाव दिएका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































