

चितवन, भदौ १८ गते । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि ग्यास बोकेका बुलेटहरू काठमाडौँ छिर्न नसकेपछि उपत्यका बाहिरका उद्योगमा ग्यास सिलिन्डर भरेर काठमाडौँ पठाउन थालिएको छ। नेपाल आयल निगमले उपत्यका र आसपासका १६ वटा ग्यास उद्योगहरूलाई बाहिरका उद्योगहरूसँग समन्वय गरी ग्यास भर्न अनुमति दिएको हो।
चितवन, बारा, पर्सा, मकवानपुर तथा नवलपरासीका ग्यास उद्योगहरूमा सिलिन्डर रिफिल गरी साना ट्रकहरूमार्फत त्रिभुवन राजपथ हुँदै काठमाडौँ लैजाने व्यवस्था मिलाइएको छ। एसटिसी, श्री, नेपाल ग्यास, सगरमाथा, लोकप्रिय र तारा जस्ता काठमाडौँ तथा धादिङमा प्लान्ट रहेका ब्रान्डहरूले तराईका उद्योगहरूमा ग्यास भरेर उपत्यका पठाउन थालेका छन्।
भारतबाट आउने ग्यासको आयातमा कुनै कमी नआएको र गत महिना हालसम्मकै उच्च ६० हजार २०० मेट्रिकटन ग्यास भित्रिएकाले बजारमा ग्यासको अभाव नहुने व्यवसायीहरूले स्पष्ट पारेका छन्। कुल खपतको ४० प्रतिशत हिस्सा उपत्यका र छिमेकी जिल्लाहरूमा हुने भएकाले वैकल्पिक मार्ग र रिफिलिङ व्यवस्थापनमार्फत आपूर्ति सहज बनाइँदै छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























