

काठमाडौँ, भदौ १९ गते । सरकारले भोटेकोशी नदीमा आएको अकल्पनीय हिमबाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा यही भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ। साथै, भदौ २३ गते ‘जेन-जी सहिद दिवस‘ का अवसरमा देशभर सार्वजनिक बिदा दिइने भएको छ।
मन्त्रीपरिषद् बैठकले बाढीबाट प्रभावित परिवार, उद्योग तथा व्यवसायको पुनर्स्थापनाका लागि राहत र कर सहुलियतसहितका कार्यक्रम ल्याएको छ। मृतकका परिवारलाई प्रतिमृतक १० लाख रुपियाँ राहत, घाइतेको निःशुल्क उपचार, र उद्धारमा खटिएका राष्ट्रसेवकलाई जोखिम भत्ता उपलब्ध गराइनेछ।
यसबाहेक, आपत्कालीन उद्धार तथा राहतका लागि एसियाली विकास बैङ्क (ADB) बाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि भएको छ।
बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा र संरक्षणको पूर्ण जिम्मेवारी राज्यले लिनेछ। घरबारविहीन भएकाहरूका लागि तत्काल अस्थायी आवासको व्यवस्था मिलाइँदै छ भने स्थायी आवासका लागि भूमि व्यवस्था मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको छ।
यसका साथै, उपभोक्तालाई राहत दिन २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























