

काठमाडौँ, भदौ १९ गते । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका व्यक्तिहरूको उद्धार कार्य तीव्र पारिएको छ।
सांसद श्रीराम न्यौपानेका अनुसार उद्धार टोलीले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि गरेको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दा भित्रबाट सकारात्मक प्रतिक्रिया आएपछि उद्धार टोली थप उत्साहित भएको छ।
टनेलभित्र मानिस जीवितै रहेको सङ्केत पाएपछि नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले थप सावधानीका साथ उद्धार कार्य अघि बढाइरहेको छ। सुरुङको जटिल बनावटका बाबजुद घटनास्थलमा थप प्राविधिक सहयोग तथा आधुनिक उद्धार उपकरणहरू परिचालन गरी फसेकाहरूलाई बाहिर निकाल्न हरसम्भव प्रयास भइरहेको छ।
उद्धारपछि तत्काल उपचार र सहायताका लागि सुरुङबाहिर चिकित्सकको टोलीका साथै नेपाली सेनाको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























