05/25/2026, 10:01:36
सोमबार, जेठ ११, २०८३

चीनको कोइलाखानी दुर्घटनाप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त


काठमाडौँ, जेठ ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीनको सान्सी प्रान्तमा भएको कोइलाखानी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

रास्वपाका तर्फबाट समाजिक सञ्जालमार्फत् सोमबार वक्तव्य जारी गर्दै उनले दुर्घटनामा प्रभावितप्रति समवेदना व्यक्त गरेका हुन्।

चीनको सान्सी प्रान्तमा भएको दर्दनाक खानी दुर्घटनाप्रति म गहिरो समवेदना व्यक्त गर्दछु,’ सभापति लामिछानेले लेखेका छन्, ‘यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति मेरो हार्दिक समवेदना छ ।

सभापति लामिछानेले अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल उद्धार हुनेमा आशावादी रहेको उल्लेख गरेका छन् । ‘यो कठिन समयमा म जनवादी गणतन्त्र चीनसँग ऐक्यबद्धता व्यक्त गर्दछु,’ वक्तव्यमा भनिएको छ ।

On behalf of the Rastriya Swatantra Party (RSP), I convey my utmost condolences following the devastating mining accident in Shanxi, China.
My heart goes out to the mourning families during this painful period. I maintain optimism for the safe rescue of everyone still unaccounted…

— Rabi Lamichhane (@hamrorabi) May 24, 2026

शुक्रबार उत्तरी चीनको सान्छी प्रान्तस्थित चाङझी सहरको लिउसेन्यू कोइला खानीमा बिस्फोट हुँदा कम्तिमा ९० जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए। उक्त खानीमा २ सय ४७ जना कामदार काम गरिरहेका थिए ।