काठमाडौँ, असोज १९ गते । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका बजारहरूमा म्याद गुज्रिएका र गुणस्तरहीन अखाद्यवस्तु बिक्री-वितरणमा व्यापक वृद्धि भएको पाइएको छ।
खाद्य प्रविधि तथा गुणन्त्रण विभागले पछिल्लो एक हप्तामा गरेको अनुगमनका क्रममा डेरी, मिठाई, बिस्कुट, पुस्टकारी, गुदपाक तथा अन्य खाद्य उद्योगहरूमा किरा परेका, कुहिएका र म्याद सकिएका सामग्री प्रयोग गरी खुलेआम अखाद्य वस्तु तयार पारिरहेको फेला पारेको हो।
अनुगमनका क्रममा कागेश्वरीस्थित बिबी खाद्य उद्योगले अनुमतिपत्र नवीकरण नगरी म्याद नाघेका सामग्री र कुहिएको आलुबाट चिप्स बनाइरहेको भेटिएको छ। यस्तै चन्द्रागिरिको सिद्धिविनायक खाद्य स्टोरमा म्याद नाघेका ठुलो परिमाणका हरियो केराउ र कालो भटमास भेटिएपछि नष्ट गरिएको छ।
ढुङ्गेअड्डास्थित श्री कृष्ण पुस्टकारी तथा गुदपाक भण्डारमा म्याद नाघेका चकलेट, बिस्कुट, किरा परेको बदाम र अखाद्यवस्तु मिसाएर गुदपाक बनाउँदै गरेको भेटिएपछि सो उद्योग सिलबन्दी गरिएको छ।
म्याद गुज्रिएका तथा कुहिएका अखाद्यवस्तुको उपभोगले तत्कालै ‘फुड पोइजनिङ‘ हुनुका साथै दीर्घकालमा गम्भीर स्वास्थ्य समस्या आउन सक्ने खाद्य वैज्ञानिक जीवनप्रभा लामाले बताउनुभएको छ। विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्योगीहरूलाई प्रयोगशालाको रिपोर्ट आएलगत्तै बयान लिएर सिधै जिल्ला अदालतमा मुद्दा दायर गरिने जानकारी दिनुभएको छ।
नयाँ ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१‘ ले अखाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने व्यापारीविरुद्ध कडा सजायको व्यवस्था गरेको छ। ऐन अनुसार कसुरको गम्भीरता हेरी ५० हजार रुपियाँदेखि अधिकतम ५ लाख रुपियाँसम्म जरिबाना र १ वर्षदेखि ३ वर्षसम्म कैद सजाय हुन सक्ने स्पष्ट कानुनी प्रावधान रहेको छ।
अनुगमन विवरण तथा कानुनी प्रावधानहरू
| उद्योग / विषय | अनुगमनमा भेटिएका कैफियत तथा कानुनी व्यवस्था (Findings & Legal Action) |
| श्री कृष्ण पुस्टकारी भण्डार (ढुङ्गेअड्डा) | म्याद सकिएका चकलेट, किरा परेको बदाम र बिस्कुट प्रयोग गरी गुदपाक बनाएको; उद्योग सिलबन्दी |
| बिबी खाद्य उद्योग (कागेश्वरी) | नवीकरण नगरी सञ्चालन, म्याद सकिएका सामग्री र कुहिएको आलुबाट चिप्स बनाएको |
| सिद्धिविनायक खाद्य स्टोर (चन्द्रागिरि) | म्याद नाघेको हरियो केराउ र कालो भटमास भेटिएको; अखाद्यवस्तु नष्ट गरिएको |
| खाद्य स्वच्छता ऐन २०८१ | कसुर हेरी ५० हजार देखि ५ लाख रुपियाँसम्म जरिबाना र १ देखि ३ वर्षसम्म कैद सजाय |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































