10/05/2026, 09:14:29
सोमबार, असोज १९, २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक, असोज २२ गते मतदान (तालिका सहित)


काठमाडौँ, असोज १९ गते । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार निर्वाचनका औपचारिक कार्यक्रमहरू सोमबार साँझ ५:०० बजेदेखि सुरु हुनेछन्।

सार्वजनिक कार्यतालिका अनुसार असोज १९ गते सोमबार साँझ ५:०० बजे मतदाता नामावली प्रकाशन गरी साँझ ६:३० बजेसम्म दाबीविरोधको समय तोकिएको छ। सोही दिन बेलुका ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

यस्तै, असोज २० गते बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ। सोही दिन मनोनयनमाथि दाबीविरोध र छानबिन गरी बेलुका ७:०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ। असोज २१ गते बिहान ९:०० बजेसम्म उम्मेदवारी फिर्ताको समय रहनेछ भने बिहान १०:०० बजे अन्तिम नामावली प्रकाशन गरी दिनभर प्रचारप्रसारका लागि समय छुट्याइएको छ।

मुख्य निर्वाचन अर्थात् मतदान कार्यक्रम असोज २२ गते बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुनेछ। मतदानका लागि राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन गरी तीनवटा स्थान तोकिएको छ भने मतदान सम्पन्न हुनासाथ मतगणना सुरु गरिने सदस्यसचिव कटुवालले जानकारी दिनुभयो।

मिति (Date)समय (Time)कार्यक्रम / प्रक्रिया (Event / Process)
असोज १९ गतेसाँझ ५:०० बजेमतदाता नामावली प्रकाशन
असोज १९ गतेसाँझ ५:०० – ६:३० बजे सम्ममतदाता नामावलीउपर दाबीविरोध
असोज १९ गतेबेलुका ८:३० बजेमतदाताको अन्तिम नामावली प्रकाशन
असोज २० गतेबिहान १०:०० – दिउँसो ३:०० बजे सम्मउम्मेदवारी मनोनयन दर्ता
असोज २० गतेअपराह्न ४:३० बजेउम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
असोज २० गतेअपराह्न ४:३० – साँझ ५:३० बजे सम्मउम्मेदवारी दरखास्तमा दाबीविरोध
असोज २० गतेबेलुका ७:०० बजेउम्मेदवारको दोस्रो नामावली प्रकाशन
असोज २१ गतेबिहान ९:०० बजेसम्मउम्मेदवारी नाम फिर्ता
असोज २१ गतेबिहान १०:०० बजेउम्मेदवारको अन्तिम नामावली प्रकाशन
असोज २१ गतेदिनभरचुनावी प्रचारप्रसार
असोज २२ गतेबिहान ७:०० – साँझ ५:०० बजे सम्ममतदान (सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन)