वीरगञ्ज, असोज १८ गते । जनमत पार्टीको वीरगञ्जमा जारी दोस्रो महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा. सीके राउतको मात्र एकल उम्मेदवारी परेको छ।
पार्टीको विधान अनुसार अध्यक्षमा एकल उम्मेदवारी परे पनि कुल खसेको मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले अध्यक्ष पदका लागि समेत मतदान प्रक्रिया अपनाइएको छ।
कुल करिब दुई हजार मतदाता रहेकोमा शनिबार सम्पन्न निर्वाचनमा १ हजार १ सय ५५ मत खसेको छ। अध्यक्ष पदमा डा. राउतले २० प्रतिशतभन्दा बढी मत ल्याएमा उहाँ निर्विरोध निर्वाचित हुनुहुनेछ भने अन्य पदहरूमा प्रतिस्पर्धा हुनेछ। १७ जना पदाधिकारीसहित महाधिवेशनबाट कुल १०० जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित हुनेछन्।
महाधिवेशनमा ७ उपाध्यक्ष पदका लागि ११ जना, १ महासचिवका लागि ३ जना, १ उपमहासचिवका लागि २ जना र ७ सचिव पदका लागि ९ जना प्रतिस्पर्धामा छन्। त्यस्तै ७३ जनाले केन्द्रीय कार्यकारिणी समिति सदस्यमा उम्मेदवारी दिएका छन्। बाँकी ५१ सिटमा समावेशी सिद्धान्तका आधारमा मनोनयन गरिनेछ भने कोषाध्यक्ष र प्रवक्ताको पद अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ।
पर्सा अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा सहिद परिवारकी राधा यादव प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, रास्वपाका उपनेता गणेश पराजुली, नेकपाका मातृकाप्रसाद यादव, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, नेसपाका अध्यक्ष रिजवान अन्सारी लगायतका नेताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो।
| पद (Position) | आवश्यक सङ्ख्या (Seats) | उम्मेदवार सङ्ख्या (Candidates) | मुख्य उम्मेदवारहरू (Key Candidates) |
| अध्यक्ष | १ | १ | डा. सीके राउत (एकल उम्मेदवारी) |
| उपाध्यक्ष | ७ | ११ | वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी, मनोहरीदेवी बैठा |
| महासचिव | १ | ३ | चन्दन सिंह, ममता झा, सञ्जयकुमार यादव |
| उपमहासचिव | १ | २ | निर्मलकुमार मण्डल, ललितचन्द्र मल्लिक |
| सचिव | ७ | ९ | सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेसी, हरेन्द्र चौधरी, अञ्जनीदेवी, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, वीरेन्द्र महतो, रामबाबु साह |
| केन्द्रीय सदस्य | ७४ (कुल १०० निर्वाचित) | ७३ | – |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























