काठमाडौँ, असोज १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरिरहेको कामको गतिलाई थप तीव्र बनाउन निर्देशन दिनुभएको छ।
शनिबार बसेको केन्द्रीय समिति बैठकमा सरकारले छ महिनाको अवधिमा गरेका काम सन्तोषजनक रहेको विश्लेषण गर्दै जनताका समस्या समाधान गर्न पार्टी, सरकार र संसद्बिच सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको छ। समितिमा मीलन लिम्बू, रहबर अन्सारी, डा. तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य रहेका छन् भने सातै प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन्।
बैठकले प्रवास, कानुन, सुशासन, पर्यटन, कृषि लगायतका विभिन्न विभागहरूमा प्रमुख तथा उपप्रमुखहरूसमेत मनोनयन गरेको छ। साथै, आगामी असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत केन्द्रीय सदस्य तथा सांसदहरूलाई अनिवार्य रूपमा ७७ जिल्लाका ७५३ वटै पालिकामा खटाएर जनता र सरोकारवालाहरूसँग छलफल एवं सुझाव सङ्कलन गर्ने निर्णय गरिएको छ।
यसैगरी, मधेस प्रदेशको साङ्गठनिक समस्या समाधानका लागि सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएको छ।
साथै, हाल भाडामा रहेको पार्टीको केन्द्रीय कार्यालय स्थानान्तरण गर्न काठमाडौँ उपत्यकाभित्र उपयुक्त स्थानमा घर वा जग्गा खरिदका लागि खोजी गरिदिन आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।
रास्वपा केन्द्रीय समितिका मुख्य निर्णय तथा मनोनयनहरू
| विवरण/विषय (Detail) | प्रमुख निर्णय तथा मनोनयनहरू (Key Decisions & Appointments) |
| उम्मेदवार छनोट समिति | • संयोजक: महामन्त्री विपिन आचार्य • सदस्यहरू: मीलन लिम्बू, रहबर अन्सारी, डा. तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम, जनक सिंह धामी र सातै प्रदेशका सभापतिहरू (पदेन) |
| ‘हामी आउँदै छौँ’ अभियान | असोज २० देखि २७ सम्म; ७७ जिल्लाका ७५३ वटै पालिकामा केन्द्रीय सदस्य तथा सांसदहरूको अनिवार्य उपस्थितिमा जनतासँग सुझाव सङ्कलन |
| मुख्य विभाग मनोनयनहरू |
• प्रवास सम्पर्क: मनिष झा • आर्थिक व्यवस्थापन: डा. मनोहर प्रधान • कानुनी मामिला: मोहनलाल आचार्य • सामाजिक न्याय तथा समावेशिता: रुबिना आचार्य • सुशासन तथा राज्य व्यवस्था: सुदीप ढकाल • संसदीय मामिला: सुलभ खरेल • कृषि तथा सहकारी: ज्ञानेन्द्र महता • श्रम तथा रोजगारी: दीपककुमार साह • संस्कृति तथा पर्यटन: डा. धनञ्जय रेग्मी |
| मधेस प्रदेश प्रतिवेदन | सहमहामन्त्री हरि ढकाल संयोजकत्वको कार्यदलद्वारा प्रतिवेदन हस्तान्तरण |
| केन्द्रीय कार्यालय खरिद | काठमाडौँ उपत्यकामा उपयुक्त स्थानमा जग्गा वा घर खरिदका लागि खोजी गर्ने निर्णय |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























