

काठमाडौं, वैशाख ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र साह(बालेन) नजाने भएका छन् ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका व्यापारी दीपक भट्टसँग ‘कनेक्सन’ देखिएपछि गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन पार्टीभित्र दवाव आइरहेको बेला भएके बैठकमा वरिष्ठ नेता बालेनको उपस्थिति नहुने भएको हो ।
बालेनसँगै गृहमन्त्री सुधन पनि पार्टीको बैठकमा नजाने बालेननिकट स्रोतले बतायो ।
रास्वपाले आज बस्ने केन्द्रीय समिति बैठकमा भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । भूपदेवलाई बालेनका निकट पात्र मानिन्छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































