हेटौँडा, असोज १९ गते । नजिकिँदै गरेको बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले उपत्यकाबाहेकका १० जिल्लामा विशेष ‘चाडपर्व सुरक्षा योजना–२०८३‘ तयार गरी कार्यान्वयनमा ल्याएको छ।
चाडपर्वका बेला यात्रुहरूको चाप र आवागमन बढ्ने भएकाले १० जिल्लाका ४६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने र सहायता कक्षमा मात्रै दैनिक १२६ जना प्रहरी परिचालन गरिने भएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपक रेग्मीले सोमबार हेटौँडामा आयोजित एक कार्यक्रमका बीच चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे औपचारिक जानकारी दिनुभएको हो। उहाँका अनुसार प्रदेशका १० जिल्लाभर कुल चार हजार ४९९ जना प्रहरी टोली परिचालन गरिनेछ, जसमध्ये कार्यालय सुरक्षाका लागि मात्रै एक हजार ४६५ जना प्रहरी खटिनेछन्।
चाडपर्वमा राजमार्ग तथा सडक सुरक्षालाई चुस्त बनाउन ट्राफिक प्रहरीसहित ५८ वटा चेकिङ ड्युटीमा २११ जना र ३१ वटा आकस्मिक चेकिङ पोष्टमा १३८ जना प्रहरी परिचालन गरिनेछ। यसका साथै बजार अनुगमनका लागि १९ वटा टोली खटाइनेछ भने पर्वका अवसरमा आयोजना हुने खेलकुद, सांस्कृतिक कार्यक्रम तथा भीडभाड हुने स्थलहरूमा पनि कडा सुरक्षा व्यवस्था मिलाइने जनाइएको छ।
चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, जनचेतना अभिवृद्धि र तिहारमा पटका तथा आतसबाजी प्रयोगमा प्रतिबन्ध लगाउन आवश्यक तयारी गरिएको छ। सुरक्षा योजनाको कार्यान्वयन र अनुगमनका लागि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, बनेपा, र रातोमाटेस्थित गणहरूबाट विशेष अनुगमन टोली खटाइने र आवश्यकता अनुसार थप जनशक्तिसमेत परिचालन गरिने डिआइजी रेग्मीले जानकारी दिनुभयो।
सुरक्षा योजना तथा जनशक्ति परिचालन विवरण
| विवरण (Specification) | तथ्याङ्क / स्थिति (Data & Details) |
| कुल प्रहरी परिचालन | ४,४९९ जना (बागमती प्रदेशका १० जिल्लामा) |
| यात्रु सहायता कक्ष | ४६ स्थानमा स्थापना (दैनिक १२६ जना प्रहरी परिचालन) |
| राजमार्ग तथा आकस्मिक चेकिङ | ५८ वटा राजमार्ग चेकिङ (२११ प्रहरी) र ३१ आकस्मिक चेकिङ (१३८ प्रहरी) |
| प्रहरी प्रमुख/अनुगमन | डिआइजी दिपक रेग्मी (बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








