

गुल्मी, जेठ २१ गते। गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत पर्ने खैरेनीदेखि नेटा हुँदै जोहाङ्ग जाने सडक खण्ड आज (बिहीबार) देखि बन्द हुने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पौडेलका अनुसार सत्यवती वडा नम्बर ६ जोहाङ्ग, उपल्लो हटियाभन्दा तलको भागमा सडक ढलानको काम सुरु गर्न लागिएको हो।
सडक निर्माण कार्य सम्पन्न नहुँदासम्मका लागि सडक बन्द रहने गाउँपालिकाले जनाएको छ। यहाँ निर्माणको काम गर्नका सडक पूर्ण रूपमा बन्द गर्न लागिएकाले वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ।
यस सडक खण्ड भएर आवतजावत गर्ने सवारीसाधनले वैकल्पिक सडकका रुपमा खैरेनी–जोहाङ्ग–जुनियाँ मुख्य सडक वैकल्पिक सडकका रूपमा प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ। निर्माण कार्यलाई व्यवस्थित र समयमै सम्पन्न गर्नका लागि स्थानीय बासिन्दा, सवारी चालक तथा सरोकारवाला सम्पूर्ण पक्षबाट सहयोगको अपेक्षा गरिएको छ।
– रमेश विश्वकर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































