काठमाडौं, असोज २२ गते । नेकपा (एमाले) को स्थायी कमिटी बैठक पार्टी मुख्यालय च्यासलमा जारी रहेको छ ।बैठकमा पार्टीकी वरिष्ठ नेताको जिम्मेवारी पाउनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।एमाले अध्यक्षको सचिवालयका अनुसार स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आन्तरिक संगठन सुदृढीकरण लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तथा संगठनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







