बैतडी, असोज २३ गते । बैतडीका स्थानीय तहहरूले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारबिच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्।
बैतडीको मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाले शिक्षाविद्सहित शिक्षा क्षेत्रका सरोकारवालाहरूसँग छुट्टाछुट्टै शैक्षिक परामर्श कार्यक्रम आयोजना गरी वर्तमान शैक्षिक अवस्था, चुनौती र सुधारका उपायबारे गहन छलफल गरेका हुन्।

परामर्श कार्यक्रममा बोल्दै शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले विद्यालय शिक्षालाई केवल परीक्षामुखी ज्ञानमा सीमित नराखी जीवनोपयोगी, व्यावहारिक र नैतिक शिक्षासँग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीको क्षमता र आवश्यकतालाई केन्द्रमा राखेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सके मात्र सिकाइ उपलब्धिमा उल्लेख्य सुधार ल्याउन सकिने बताउनुभयो।

मेलौली नगरपालिकामा आयोजित समीक्षा कार्यक्रममा नगरप्रमुख भीमबहादुर चन्दले शिक्षा नै नगरको विकास र समृद्धिको मुख्य आधार भएकाले यसको सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। शिक्षा शाखा प्रमुख मुनुकुमारी क्षेत्रीका अनुसार छलफलमा शिक्षकको क्षमता विकास, अभिभावकको सहभागिता र स्थानीय तहको शैक्षिक भूमिकालगायतका विषयमा महत्त्वपूर्ण समीक्षा गरिएको छ।

यसैगरी, पञ्चेश्वर गाउँपालिकामा आयोजित सभामा आगामी १० बर्से शिक्षा योजना (२०८३–२०९२) को रणनीति तय गर्न परामर्श गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो। सहभागी विज्ञहरूले स्थानीय आवश्यकता, स्रोतसाधन र सम्भावनालाई ध्यानमा राखेर दीर्घकालीन सुधारका लागि स्पष्ट योजना र प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
| सरोकारवाला / निकाय | मुख्य भनाइ तथा परामर्श (Key Highlights) |
| प्रा. डा. विद्यानाथ कोइराला (शिक्षाविद्) | शिक्षालाई परीक्षामुखी नभई जीवनोपयोगी र व्यावहारिक बनाउनुपर्ने, नैतिक आचरण र सिर्जनशीलतामा जोड। |
| भीमबहादुर चन्द (नगरप्रमुख, मेलौली) | शिक्षा नगरपालिकाको विकास र समृद्धिको आधार भएकाले सुधारलाई प्राथमिकता दिइएको। |
| गोरखबहादुर चन्द (अध्यक्ष, पञ्चेश्वर) | आगामी रणनीति तय गर्न १० बर्से शिक्षा योजना (२०८३–२०९२) अघि सारिएको। |
| मुनुकुमारी क्षेत्री (शिक्षा शाखा प्रमुख, मेलौली) | शिक्षक क्षमता विकास, सिकाइ उपलब्धि र स्थानीय तहको शैक्षिक भूमिकाबारे समीक्षा गरिएको। |
| आयोजक स्थानीय तहहरू | मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिका, बैतडी। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












