काठमाडौँ, असोज २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)–भारत स्वतन्त्र व्यापार सम्झौताबाट सिर्जना हुने नयाँ आर्थिक परिदृश्यबाट लाभ लिन नेपालले संरक्षणमुखी नीति छाडेर प्रतिस्पर्धी क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभएको छ। युरोपियन इकोनोमिक चेम्बर नेपालद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले नेपालले आफ्नो निर्यात क्षमता र क्षेत्रीय आपूर्ति शृङ्खलामा पहुँच बढाउनुपर्ने उल्लेख गर्नुभयो।
मन्त्री साहले प्राकृतिक रेसा, धागो, कृषि प्रशोधन, जलविद्युत्, पश्मिना, गलैँचा, फेल्ट, अर्थोडक्स चिया, कफी, र डिजिटल सेवाजस्ता क्षेत्रमा नेपालको उच्च सम्भावना रहेको बताउनुभयो। उहाँले गुणस्तर, पहिचान र मौलिकताका आधारमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्दै भारतको युरोप लक्षित आपूर्ति शृङ्खलासँग जोडिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनालले विदेशी लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने र निर्यातजन्य वस्तुको उत्पादन लागत घटाएर प्रतिस्पर्धी बन्नुपर्ने बताउनुभयो। त्यसैगरी, नेपालका लागि इयूका राजदूत चाल्र्स ह्वाइटलीले यस सम्झौताबाट नेपालले गुणस्तरीय र प्रतिस्पर्धी वस्तु निर्यात गरेर धेरै फाइदा लिन सक्ने औँल्याउनुभयो।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शङ्कर शर्माले स्वच्छ ऊर्जा, कृषि उत्पादन र तयारी पोसाकको निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। युरोपियन इकोनोमिक चेम्बर नेपालका अध्यक्ष नारायण बजाजले नेपाली वस्तुको मौलिकता जोगाउँदै विश्व बजारमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत हुनुपर्ने धारणा राख्नुभयो।
| सरोकारवाला / व्यक्तित्व | मुख्य भनाइ तथा सुझाव (Key Highlights) |
| दीपककुमार साह (उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री) | संरक्षणमुखी नीतिभन्दा प्रतिस्पर्धी क्षमता र क्षेत्रीय आपूर्ति शृङ्खलामा जोड दिनुपर्ने। |
| रामेश्वर खनाल (पूर्वअर्थमन्त्री) | लगानीमैत्री वातावरण बनाउनुपर्ने र निर्यातजन्य वस्तुको उत्पादन लागत घटाउनुपर्ने। |
| चाल्र्स ह्वाइटली (इयू राजदूत) | गुणस्तरीय र प्रतिस्पर्धी वस्तु निर्यातमा ध्यान दिएर सम्झौताबाट लाभ लिन सकिने। |
| डा. शङ्कर शर्मा (पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग) | स्वच्छ ऊर्जा, कृषि र तयारी पोसाकको व्यवस्थित निर्यातका लागि नीतिगत सुधार चाहिने। |
| नारायण बजाज (अध्यक्ष, युरोपियन इकोनोमिक चेम्बर) | वस्तुको मौलिकता जोगाउँदै अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्नुपर्ने। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









