06/02/2026, 09:30:26
मङ्गलबार, जेठ १९, २०८३
प्रथम राष्ट्रिय महाधिवेशन

रास्वपा महाधिवेशनका लागि मूल आयोजक समिति गठन


काठमाडौँ, जेठ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठन गरिएको मूल आयोजक समितिले महाधिवेशनलाई व्यवस्थित, समावेशी र सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाएको छ ।

मूल आयोजक समितिमा पार्टीका वरिष्ठ नेताहरू तथा केन्द्रीय नेतत्वका प्रमुख सदस्यहरू समावेश गरिएको छ ।

समितिमा डा. स्वर्णिम वाग्ले, कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी रहनुभएको छ । त्यसै गरी नेताहरू बसुमाया तामाङ, मनीष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली र सागर ढकाल सदस्य रहनुभएको तयारी समिति गठन गरिएको हो ।