05/15/2026, 16:33:27
शुक्रबार, जेठ ०१, २०८३

रास्वपाको महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्नुहुन्छः बुर्लाकोटी


काठमाडौं, जेठ १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको पहिलो महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्ने बताएका छन् ।

सञ्चारकर्मीले रवि लामिछाने दोहोरिने सम्भावना कति छ भनेर राखेको जिज्ञासामा उनले त्यसमा कुनै शंका नरहेको बताए । ‘यसमा कुनै शंका छैन । रवि लामिछाने नै सभापति बन्नुहुने हो,’उनले भने ।

रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । असार ७ रास्वपाको स्थापना दिवस पनि हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..