

काठमाडौँ, वैशाख १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी चुनावको टिकटबारे कुरा गरे कारबाही गर्ने भएको छ । प्रवक्ता मनिष झाका अनुसार सिंहदरबारमा जारी संसदीय दलको बैठकमा अब आउने कुनै पनि चुनावको टिकटबारे कसैलाई प्रतिबद्धता नगर्न निर्देशन जारी गरेको हो ।
उनका अनुसार पार्टीले स्पष्ट विधि बनाएर आगामी चुनावमा उपयुक्त उम्मेदवार चयन गर्नेछ । रास्वपाले २० वैशाख देखि ‘क्यान्डिडेट क्लब’ को अभ्यास गर्दै छ । यसबाहेक गलत अभ्यास गरेको भेटिए पार्टीले कारबाही गर्ने भएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































