04/29/2026, 15:10:14
बुधबार, बैशाख १६, २०८३

सांसदहरुलाई रास्वपाको निर्देशन – “आफ्नो कागजातमा माननीय नलेख्नू”


काठमाडौँ, वैशाख १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई आफ्नो कुनै कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न निर्देशन दिएको छ।

बुधबार जारी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्देशन दिएको प्रवक्ता मनीष झाले जानकारी दिए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन निर्देशन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन छ,’ उनले भने।

त्यस्तै धेरै कुराहरू सिक्न बाँकी रहेको भन्दै सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न पनि निर्देशन दिएको छ। त्यस्तै आगामी निर्वाचनको टिकटबारे कसैसँग प्रतिबद्धता नजाउन निर्देशन समेत दिएको छ।