05/22/2026, 12:43:21
शुक्रबार, जेठ ०८, २०८३

रास्वपा बाराका सभापति स्वर्णकारको सदस्यता खारेज


काठमाडौँ, जेठ ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी साधारण सदस्यता खारेज भएको छ ।

 केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले पत्र पठाउँदै उनको सदस्यता खारेज गरेको जानकारी दिएका हुन् ।

बाराबाट निर्वाचित चार जना सांसदहरूले स्वर्णकारविरुद्ध अनुशासन आयोगमा उजुरी दिएका थिए । उनीमाथि आर्थिक अनियमितता, पार्टी संगठन परिचालन नगरेको र विपक्षी दलका उम्मेदवारको पक्षमा काम गरेको आरोप छ ।

यी आरोपका आधारमा पार्टीले कारबाही गरेको हो । बारा जिल्ला समिति भंग गरी नयाँ समिति गठन गर्न केन्द्रबाट प्रतिनिधि खटाइसकिएको छ ।

सदस्यता खारेज भएपछि स्वर्णकारले सामाजिक सञ्जालमा ‘मेरो राजनीतिक हत्या भयो’ भन्दै प्रतिक्रिया दिएका छन् । उनले जेठ ९ गते हुन लागेको बाराको विस्तारित बैठक र अधिवेशनको ठिक अगाडि बिना छानबिन कारबाही गरिएको आरोप लगाएका छन् ।

 अधिवेशनमा आफू पुनः जिल्ला सभापति चुनिने डरले सांसदहरूको दबाबमा निष्कासन गरिएको उनको दाबी छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..