04/28/2026, 09:51:20
मङ्गलबार, बैशाख १५, २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, वैशाख १५ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सोमबारस्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ४१ पैसा र बिक्रीदर १५१ रुपियाँ एक पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ६४ पैसा र बिक्रीदर १७७ रुपियाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ ९५ पैसा र बिक्रीदर २०४ रुपियाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपियाँ ७४ पैसा र बिक्रीदर १९२ रुपियाँ ५० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ १० पैसा र बिक्रीदर १०८ रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ ४९ पैसा र बिक्रीदर ११० रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ १४ पैसा र बिक्रीदर ११८ रुपियाँ ६१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ चार पैसा र बिक्रीदर २२ रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ १० पैसा र बिक्रीदर ४० रुपियाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ २६ पैसा र बिक्रीदर ४१ रुपियाँ ४२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ९५ पैसा र बिक्रीदर ४१ रुपियाँ ११ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ पाँच पैसा र बिक्रीदर ३८ रुपियाँ २१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २३ पैसा र बिक्रीदर १० रुपियाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ३७ पैसा र बिक्रीदर १६ रुपियाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६४ पैसा र बिक्रीदर २३ रुपियाँ ७३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ १९ पैसा र बिक्रीदर १९ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपियाँ ८९ पैसा र बिक्रीदर ४९२ रुपियाँ ८५ पैसा, बहराइन दिनार एकको खरिददर ३९८ रुपियाँ ६० पैसा र बिक्रीदर ४०० रुपियाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपियाँ ६७ पैसा र बिक्रीदर ३९२ रुपियाँ २३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।