काठमाडौँ, असोज २२ गते । पश्चिमी न्यून चापीय प्रणाली तथा मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा बदली रहने र विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि सामान्यतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
तराईतर्फ मधेशसहित कोशी प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
### राति पनि वर्षाको सम्भावना
आज राति कोशी प्रदेशका सबै भू–भाग तथा देशका बाँकी हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। तराईका बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ।
यस्तै, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





