04/06/2026, 04:33:42
आइतबार, चैत २२, २०८२

अध्यक्ष ओलीमाथि लगाइएको कानुनी दफामा आपत्ति : उपाध्यक्ष रघुजी पन्त

समस्या अब गम्भीर भएको छ, तर जुन दफाहरु लगाइएको छ, त्यसको आधार देखिँदैन। त्यसैले हामी आज छलफल गर्छौँ र कानूनी रूपमै प्रतिवाद गर्नेछौँ। त्यसपछि सचिवालय बैठकमा थप रणनीति तय हुनेछ।


काठमाडौँ, चैत १४ गते । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानुनी दफाहरुको कुनै आधार नभएको दाबी गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुगेका उपाध्यक्ष पन्तले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनी आधार बिना पक्राउ गर्नु गम्भीर रहेको बताउनुभयो। उहाँले अध्यक्ष ओलीमाथि लगाइएका दफाहरु तर्कसंगत नभएको समेत उल्लेख गर्नुभयो।

उपाध्यक्ष पन्तले एमालेले यस विषयमा आजै छलफल गर्ने र कानुनी रूपमा कडा प्रतिवाद गर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “समस्या अब गम्भीर भएको छ, तर जुन दफाहरु लगाइएको छ, त्यसको आधार देखिँदैन। त्यसैले हामी आज छलफल गर्छौँ र कानूनी रूपमै प्रतिवाद गर्नेछौँ। त्यसपछि सचिवालय बैठकमा थप रणनीति तय हुनेछ।

पार्टीको आगामी कदमबारे जानकारी दिँदै उहाँले सचिवालय बैठकपछि थप रणनीति तय गरिने बताउनुभयो।