

गण्डकी, भदौ ९ गते । गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ। मङ्गलबार बसेको संसदीय दलको बोर्ड बैठकपछि उपनेता लिलबहादुर थापा मगरले मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरिरहेको जानकारी दिनुभयो।
नयाँ परिस्थिति सिर्जना भएसँगै एमालेले सरकार निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टीलगायत अन्य राजनीतिक दलहरूसँग संवाद अगाडि बढाउने भएको छ। अन्य प्रदेशहरूमा झैँ गण्डकीमा पनि नयाँ सत्ता सहकार्यका लागि पहल गरिने एमालेले जनाएको छ।
वर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारमा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली, भीम कार्की, यशोदा रिमाल र लक्ष्मण पाण्डे मन्त्रीका रूपमा कार्यरत हुनुहुन्थ्यो। गत वैशाख २ गते मन्त्रिपरिषद् हेरफेर हुँदा उहाँहरूले जिम्मेवारी सम्हाल्नुभएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































