

मकवानपुर, भदौ ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ।
मङ्गलबार बसेको प्रदेश सभा बैठकमा उपस्थित ५८ जना सदस्यमध्ये उहाँको प्रस्तावको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा कुनै पनि मत परेन। उपसभामुख अप्सरा चापागाईले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो।
यो पटकको बैठक प्रतिपक्षी दलहरूको अनुपस्थितिका कारण प्रतिपक्षीविहीन बनेको थियो। नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका सदस्यहरू बैठकमा उपस्थित थिएनन् भने नेकपा, नेकपा (एमाले) र राप्रपाको समर्थनमा थापाले विश्वासको मत प्राप्त गर्नुभएको हो।
विश्वासको मत माग्दै मुख्यमन्त्री थापाले विपक्षी बेञ्च खाली हुनु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो नभएको टिप्पणी गर्नुभयो। उहाँले सबै पक्षलाई समेटेर, सहमति र सहकार्यका साथ सरकार सञ्चालन गर्ने तथा बजेट कार्यान्वयन र साझा न्यूनतम कार्यक्रम छिट्टै ल्याउने प्रतिबद्धता जनाउनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































