

काठमाडौँ, भदौ ९ गते । काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा प्रहरीले जुम्ला तातोपानी-२ घर भई हाल बानेश्वर बस्दै आएका २७ वर्षीय राज कठायतलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बानेश्वर चोकमा जथाभावी बाटो नकाटी आकाशेपुलको प्रयोग गर्न अनुरोध गर्दा कठायतले महिला प्रहरीमाथि हातपात गरेका थिए।
घटना लगत्तै नियन्त्रणमा लिइएका कठायतमाथि प्रहरीले थप अनुसन्धान तथा सोधपुछ अगाडि बढाएको जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























