

काठमाडौँ, भदौ १० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसका कारण देशका अधिकांश हिमाली, पहाडी तथा तराई भूभागमा बादल लाग्नुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बादल लागी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च हिमाली भूभागमा हिमपात हुन सक्नेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत आकलन गरिएको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाले दैनिक जनजीवनका साथै कृषि, पर्यटन, पर्वतारोहण र सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले ताजा मौसम सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैमा आग्रह गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























