

सप्तरी, भदौ ९ गते । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिका खुशी खातुनको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बालिकाकी २५ वर्षीया कान्छी आमा मुस्कान भनिने जास्मिन खातुनलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछका क्रममा आरोपीले हत्या गरी घर पछाडिको झाडीमा फालेको स्वीकार गरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
मृतककी आमा रुबिना खातुनको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ। अदालतबाट भदौ ७ गतेदेखि लागू हुने गरी ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभएको छ।
घटना भएकै दिन बालिकाको शवको पोष्टमार्टम सम्पन्न गरी अन्तिम संस्कारका लागि परिवारलाई बुझाइएको थियो। आइतबार बिहान भएको यस दुखद घटनाको कारण र थप विवरणबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































