08/25/2026, 12:23:22
मङ्गलबार, भदौ ०९, २०८३

देशभर बदली, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना


काठमाडौँ, भदौ ९ गते । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश भू–भागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बादल लाग्नेछ भने विभिन्न प्रदेशमा मेघगर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। त्यसैले खुला स्थानमा रहेका तथा हावाहुरी र चट्याङ्गको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि वर्षाको सम्भावना

आज राति पनि देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा सुदूरपश्चिमको तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मनसुनी वायुको प्रभाव

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ।

वर्षा, चट्याङ्ग तथा हावाहुरीको सम्भावना रहेकाले आवश्यक कामबाहेक जोखिमयुक्त स्थानमा नजान तथा मौसमसम्बन्धी सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ।

स्रोतः मौसम पूर्वानुमान महाशाखा