काठमाडौँ, असोज २३ गते । राज्यका अति संवेदनशील सूचना अनधिकृत व्यक्तिमार्फत बाहिर पुर्याएको (चुहावट गरेको) गम्भीर आरोपमा सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले एआइजी दाहाललाई बर्खास्त गर्ने निर्णय भएको औपचारिक जानकारी दिनुभएको छ।
दाहालमाथि राज्यका संवेदनशील सूचना बाहिर पुर्याएको आरोप लागेपछि सशस्त्र प्रहरीकै एआइजी अञ्जनीकुमार पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सो समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाउँदै दाहालले पदीय आचरणविपरीत गतिविधि गरेको निष्कर्षसहित बर्खास्तीसम्मको विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।
संवेदनशील सूचना चुहावटको प्रकरण सतहमा आएलगत्तै गृह मन्त्रालयले दाहाललाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको थियो। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ मा पदीय आचरण विपरीत काम गर्ने अधिकारीलाई सेवाबाट हटाउने वा बर्खास्त गर्नेसम्मको विभागीय सजायको व्यवस्था रहेको छ भने नियम ११५ अनुसार एआइजीलाई यस्तो सजाय दिने अन्तिम अधिकार गृहमन्त्रीलाई हुन्छ।

एआइजी दाहालको चार वर्षे पदावधि असोज २८ गते पूरा हुँदै थियो। सशस्त्र प्रहरी मुख्यालयले उहाँको पदावधि थप एक वर्ष विस्तार गर्न गृह मन्त्रालयसमक्ष सिफारिससमेत गरिसकेको अवस्थामा यो बर्खास्तीको निर्णय आएसँगै उहाँको पदावधि थपिने सम्भावना पूर्ण रूपमा समाप्त भएको छ। गृहको यस निर्णयविरुद्ध मन्त्रीपरिषद्मा पुनरावेदन दिन सकिने कानुनी प्रावधान रहेको छ।
| विषय / शीर्षक (Category) | मुख्य विवरण (Details) |
| कारबाहीमा परेका अधिकारी | वंशीराज दाहाल (अतिरिक्त महानिरीक्षक – AIG, सशस्त्र प्रहरी बल) |
| मुख्य आरोप | राज्यका संवेदनशील सूचना अनधिकृत व्यक्तिमार्फत चुहावट गरेको |
| छानबिन समिति संयोजक | अञ्जनीकुमार पोखरेल (एआइजी, सशस्त्र प्रहरी) |
| कारबाही गर्ने अधिकारी/निकाय | सुधन गुरुङ (गृहमन्त्री) / गृह मन्त्रालय |
| कानुनी आधार | सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ र ११५ |
| सम्बन्धित मन्त्रालय प्रवक्ता | आनन्द काफ्लेले (सहसचिव, गृह मन्त्रालय) |
| पुनरावेदनको व्यवस्था | निर्णयविरुद्ध नेपाल सरकार (मन्त्रीपरिषद्) मा पुनरावेदन गर्न सकिने |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










