08/26/2026, 08:12:59
बुधबार, भदौ १०, २०८३

मोहम्मद जयन्तीका अवसरमा आज नेपाली मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा


काठमाडौँ, भदौ १० गते । सरकारले भदौ १० गते बुधबारका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मङ्गलबार एक सूचना जारी गर्दै मोहम्मद जयन्तीको अवसरमा उक्त बिदा दिइएको जानकारी गराएको हो।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेद्वारा जारी सूचना अनुसार, मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा फागुन १८ गतेको नेपाल राजपत्रको व्यवस्था बमोजिम यो बिदा तोकिएको हो। यो बिदा देशभरका नेपाली मुस्लिम समुदायका लागि मात्र लागू हुने मन्त्रालयले स्पष्ट पारेको छ।

साथै, गृह मन्त्रालयले मोहम्मद जयन्तीको यस पावन अवसरमा सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ।