

लमजुङ, भदौ ७ गते । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थिति अनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनको पुनर्गठन गर्नुपर्ने बेला आएको बताउनुभएको छ।
लमजुङमा आयोजित जिल्ला कमिटीको १३ औँ बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गुरुङले पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउन संगठनलाई जनतासँग जोड्दै कार्यकर्ताहरूलाई थप सक्रिय र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो।
सोही बैठकमा एमाले केन्द्रीय सचिव खगराज अधिकारीले विगतका गल्ती–कमजोरीहरूलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो। त्यसैगरी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जमिन्द्रमान घले र गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउँदै संगठनलाई चलायमान बनाउनुपर्ने धारणा राख्नुभयो।
बैठकमा जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले गत आर्थिक वर्षको गतिविधिको समीक्षा र चालु आर्थिक वर्षका योजनाहरू प्रस्तुत गर्नुभएको थियो। मदन–आश्रित स्मृति भवनमा सम्पन्न सो बैठकमा जिल्लाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो भने ‘मिसन पार्टी जागरण अभियान–२०८३’ सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































