

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनुहुने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदका प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ।
बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन (आव २०८१/८२) प्रस्तुत गर्नुहुनेछ। साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी महत्त्वपूर्ण सम्झौता संसद्मा प्रस्तुत गर्नुहुनेछ।
यसैबिच, संसद्का अन्य कामकारबाही अन्तर्गत आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































