

काठमाडौँ, भदौ ९ गते । बारा र सप्तरी लगायतका जिल्लामा बालिका तथा किशोरीमाथि भएका बलात्कार, यौनजन्य हिंसा र हत्याका जघन्य अपराधप्रति प्रतिनिधि सभाका सांसदहरूले कडा आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको आकस्मिक, शून्य र विशेष समयमा बोल्दै सांसदहरूले पीडितलाई शीघ्र न्याय दिन र पीडकलाई हदैसम्मको सजाय हुने गरी विद्यमान कानुन संशोधन गर्न सरकारसँग जोडदार माग गरेका हुन्।
छलफलका क्रममा सांसदहरूले दिनानुदिन बढ्दै गएको यौन हिंसाका घटनाले देशमा बालिका तथा महिलाको सुरक्षामा गम्भीर प्रश्न उठाएको बताएका छन्। एक वर्षको अवधिमा २४ सयभन्दा बढी बलात्कारका घटना हुनु र त्यसमा १० प्रतिशत १० वर्षमुनिका बालिका पीडित हुनु भयावह स्थिति रहेको भन्दै सांसदहरूले विद्यालय, सार्वजनिक यातायात र घरभित्र महिलाको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।
अपराध न्यूनीकरणका लागि कडा कानुनी कारबाहीका साथै विद्यालय स्तरकै पाठ्यक्रममा यौन शिक्षा समावेश गर्नुपर्ने सुझाव सांसदहरूले दिएका छन्। जघन्य अपराधमा संलग्नहरूलाई उम्कन नदिन उजुरीलाई प्राथमिकता दिई निष्पक्ष अनुसन्धान गर्न र राज्यका सबै निकायलाई जिम्मेवार बन्न सांसदहरूले आग्रह गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































