

वासिङ्टन, भदौ ९ गते । संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतका चार कम्पनी र सम्बन्धित व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश मन्त्रालयले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत इरानको सैन्य गतिविधि तथा गैरकानुनी कारोबारलाई लक्षित गर्दै कारबाही गरेको जनाएको छ।
प्रतिबन्धमा पर्ने भारतीय कम्पनीहरूमा पोर्टेज पार्टनर एलएलपी, सदाशिव ओभरसिज लिमिटेड, पिपि सफ्टटेक प्राइभेट लिमिटेड र प्राक्रुटिस इन्फ्रा इम्पेक्स इन्डिया प्राइभेट लिमिटेड रहेका छन्। यी कम्पनीहरूले इरानी मूलका करोडौँ अमेरिकी डलर बराबरका पेट्रोलियम उत्पादनहरू आयात, ढुवानी तथा खरिद–बिक्रीमा सहजीकरण गरेको अमेरिकाको दाबी छ।
इरानको पेट्रोलियम आम्दानी रोक्ने र उसका सैन्य गतिविधिमा सघाउने अन्तर्राष्ट्रिय सञ्जाललाई कमजोर बनाउने उद्देश्यले अमेरिकाले यो कदम चालेको हो। प्रतिबन्धित कम्पनीका सञ्चालक तथा साझेदारहरूमाथि समेत अमेरिकाले कारबाही गरे पनि सम्बन्धित कम्पनी र व्यक्तिहरूबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































