08/28/2026, 09:01:33
शुक्रबार, भदौ १२, २०८३

नेपाललाई सक्दो सहयोग गर्न अमेरिका तयार छ : अमेरिकी राष्ट्रपति ट्रम्प


वाशिङटन, भदौ १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अमेरिकी समाचार संस्था एनबिसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजित समारोहपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,” राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबिसीले जनाएको छ । उहाँले भोटेकोशी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएको र सहयोग गर्न अमेरिका तत्पर रहेको कुरा अवगत गराएको बताउनुभयो ।