08/28/2026, 22:23:44
शुक्रबार, भदौ १२, २०८३

राष्ट्रपति पौडेलबाट उद्दार कोषलाई एक महिनाको पारिश्रमिक प्रदान


काठमाडौँ, भदौ ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्पीडित नागरिकको उद्दार, खोज र राहत कार्यमा सहयोगार्थ आफ्नो एक महिना बराबरको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रदान गर्नुहुने भएको छ ।

राष्ट्रपति पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनधनको ठूलो क्षति भएकाले सो पारिश्रमिक कोषमा प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।