

काठमाडौँ, भदौ ११ गते । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका सम्भावित डुबान प्रभावित नागरिकहरूलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
केन्द्रका प्रवक्ता डा. राजन भट्टराईले नदी किनार र तल्लो भूभागका बासिन्दालाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा रहन र नदी आसपास अनावश्यक आवतजावत नगर्न अनुरोध गर्नुभएको छ।
नेपाल-चीन सीमा क्षेत्र रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व तिब्बततर्फ गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठूलो बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ। घटनाको यकिन कारण पत्ता लगाउन त्यस क्षेत्रका हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रको सूक्ष्म अध्ययन भइरहेको छ।
तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी भएर त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा गम्भीर जोखिम तथा सङ्कटपूर्ण अवस्था सिर्जना भएको छ।
बाढीका कारण नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





















