

चितवन, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बगेका ६४ वटा शव चितवनमा फेला परेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीले ल्याएका शवहरूको खोजी कार्य तीव्र पारिएको छ भने नदी तटीय क्षेत्रमा अझै सयौँको सङ्ख्यामा शवहरू फेला पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीका कारण देशले ठूलो अपूरणीय क्षति व्यहोर्नुपरेको र खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो।
अत्यधिक सङ्ख्यामा शवहरू भेटिन थालेपछि जिल्लामा शव व्यवस्थापनमा ठूलो चुनौती देखिएको छ। चितवनका स्थानीय स्वास्थ्य संस्थाहरूमा बढीमा ५० वटा मात्र शव राख्न सकिने क्षमता रहेकाले आपत्कालीन व्यवस्थापन रणनीति अपनाएर शवको सुरक्षा तथा व्यवस्थापन गर्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। सम्भावित सङ्कटलाई ध्यानमा राख्दै स्थानीय निकाय र सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ।
यसैबिच, जिल्ला प्रशासन कार्यालयले नदी किनार वा अन्य स्थानमा शव फेला परेमा तत्काल नजिकैको सुरक्षा निकायमा खबर गर्न आग्रह गरेको छ। साथै बाढीबाट क्षतविक्षत भएका शवका विभत्स तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सम्प्रेषण नगर्न प्रजिअ अर्यालले अनुरोध गर्नुभएको छ। यस्ता संवेदनशील सामग्रीले सर्वसाधारणमा त्रास र आतङ्क सिर्जना गर्ने भएकाले सबैलाई जिम्मेवार बन्न अपिल गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























