08/27/2026, 16:54:00
बिहिबार, भदौ ११, २०८३

बाढीको असर सेयर बजारमा: निर्जीवन बीमा समूहमा निरन्तर भारी गिरावट, सर्वोत्तम पेन्ट्सको मूल्य १५% ले बढ्यो


नेपाली सेयर बजारमा बिहीबार पनि निर्जीवन बीमा समूहको सूचकमा भारी गिरावट आएको छ। अघिल्लो दिन ३.९० प्रतिशतले घटेको यो समूह आज पनि २.०४ प्रतिशतले ओरालो लाग्दै दुई दिनमै करिब ६ प्रतिशतले घटेको छ। तिब्बतबाट आएको बाढीका कारण जलविद्युत् आयोजना, सवारीसाधन र भौतिक संरचनामा ठूलो क्षति पुग्दा क्षतिपूर्तिको मुख्य भार बीमा कम्पनीहरूमा पर्ने त्रासले बजारमा नकारात्मक असर परेको हो।

समग्र नेप्से परिसूचक भने आज १.०४ अंक (०.०४ प्रतिशत) को सामान्य गिरावटका साथ २५५७ अंकमा कायम भएको छ। बजारमा कुल १४६ कम्पनीको सेयर मूल्य बढ्दा ११८ को घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रह्यो। यस दिन कारोबार रकममा पनि गिरावट आई कुल ३ अर्ब ७८ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

बजार घट्दा पनि उत्पादन तथा प्रशोधन समूह भने सिमेन्ट कम्पनीहरूको वृद्धिका कारण सर्वाधिक बढेको छ। यसक्रममा सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतको उच्च वृद्धि भयो भने घोराही र सोनापुर सिमेन्टमा पनि आकर्षण देखियो। अर्कोतर्फ, अपरहेवाखेला जलविद्युत् लगायतका केही कम्पनीका सेयरधनीले भने उच्च घाटा बेहोरेका छन्।

कम्पनीहरू (मूल्य बढेका – Gainers)

कम्पनीको नाममूल्य वृद्धि (%)
सर्वोत्तम पेन्ट्स१५.००%
घोराही सिमेन्ट८.१९%
सोनापुर सिमेन्ट५.०५%
भगवती हाइड्रोपावर४.७२%
पाल्पा सिमेन्ट४.५३%
शिवम् सिमेन्ट४.१७%

कम्पनीहरू (मूल्य घटेका – Losers)

कम्पनीको नाममूल्य गिरावट (%)
अपरहेवाखेला जलविद्युत् कम्पनी९.४५%
इमर्जिङ नेपाल८.३८%
रसुवागढी हाइड्रोपावर८.३८%
माथिल्लो मैलुङखोला जलविद्युत्८.००%
त्रिशूली जलविद्युत् कम्पनी०.२३%