

गोरखा, भदौ ११ गते । गोरखाको पालुङटार नगरपालिका (ठाँटीपोखरी) बाट गोसाइँकुण्ड तीर्थयात्राका लागि छुटेको ग १ ख ११५२ नम्बरको बस रसुवा-नुवाकोट क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको छ। चालक र सहचालकसहित कुल ३६ जना सवार उक्त बस मङ्गलबार बिहान ५ बजे तीर्थयात्राका लागि निस्किएको थियो।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हालसम्म ६ जना यात्रु (रविन्द्र देवकोटा, तुलाराम देवकोटा, बद्रीप्रसाद देवकोटा, बाबुराम देवकोटा, पार्वती न्यौपाने र सहचालक नीरज भण्डारी) सुरक्षित रूपमा सम्पर्कमा आएका छन्। तर, बसमा सवार अन्य ३० जना यात्रुहरूको अवस्था भने अहिलेसम्म अज्ञात रहेको छ। सम्पर्कमा आएका यात्रुहरूसँग समन्वय गरी बसको पछिल्लो लोकेसन र अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ।
बाढी-पहिरोका कारण सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धार र खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले रसुवा र नुवाकोटका प्रहरी टोलीसँग समन्वय गरी खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ भने आफन्तहरूले शीघ्र उद्धारका लागि सम्बन्धित निकायसँग अपिल गरेका छन्।
३० जना सम्पर्कविहीन यात्रुहरूको सूची:
– कमला पण्डित
– कृष्णलाल देवकोटा
– केदार पण्डित
– घनश्याम देवकोटा
– घनश्याम देवकोटाकी श्रीमती
– तारा रानाभाट
– तुलराम देवकोटाकी श्रीमती
– दिलबहादुर खत्री
– पदमकुमारी देवकोटा
– बाबुराम देवकोटाकी श्रीमती
– राहारी देवकोटा
– माया देवी देवकोटा
– माया देवी खड्का
– मिठुमाया अम्गाई
– मधुमाया पण्डित
– मुरारी खत्री
– राममाया देवकोटा
– रामहरि देवकोटाकी श्रीमती
– रविन्द्र देवकोटाकी आमा
– सागर देवकोटा
– सरिता अधिकारी पण्डित
– सम्झना देवकोटा
– सुजाता कौडेल
– सुमी कुमाल
– सुष्मा न्यौपाने पोखरेल
– सुष्मिता कुँवर
– शारदा देवकोटा
– मुक्ति अम्गाई
– दुर्गा देवकोटा
– गोमा पपने
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























