08/27/2026, 17:09:56
बिहिबार, भदौ ११, २०८३

भोटेकोशी बाढी : ६४४ जना पर्यटक सम्पर्कविहीन, भारतीय र नेपाली नागरिक धेरै


काठमाडौं, भदौ ११ गते । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटकहरूको सङ्ख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै यस विनाशकारी बाढीपछि ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू बेपत्ता भएको जानकारी दिएको हो। बोर्डले विभिन्न ट्राभल एजेन्सी तथा पर्यटन कम्पनीहरूमार्फत यो तथ्याङ्क सङ्कलन गरेको जनाएको छ।

सार्वजनिक विवरण अनुसार सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा धेरै १७८ जना भारतीय पर्यटक रहेका छन्। यस्तै नेपाली पर्यटक १२७ जना, अमेरिकी पर्यटक ६५ जना र युक्रेनका ५३ जना पर्यटक हालसम्म बेपत्ता रहेको तथ्याङ्क छ। बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।

बाढीका कारण सम्पर्कविहीन भएका विभिन्न देशका पर्यटकहरूको विवरण

देशसम्पर्कविहीन संख्या
भारत१७८
नेपाल१२७
अमेरिका६५
युक्रेन५३
मलेसिया५१
अष्ट्रेलिया३५
बेलायत३३
क्यानडा२५
सिंगापुर
रुस
जर्मनी
लात्भिया
दक्षिण अफ्रिका
जम्मा६४४