

काठमाडौँ, भदौ ११ गते । रसुवामा आएको बाढी तथा पहिरोमा परी ८२६ जना सम्पर्कविहीन भएको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी) ले जनाएको छ।
एनईओसीका अनुसार बिहीबार बिहान ८ः४५ बजेसम्मको विवरणमा सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना रहेका छन्। यस्तै, रसुवाबाट १६१, नुवाकोटबाट एक जना तथा पर्यटकतर्फ ५७९ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
सम्पर्कविहीन ५७९ पर्यटकमध्ये ११३ जना नेपाली र ४६६ जना विदेशी नागरिक रहेको एनईओसीले जनाएको छ।
बाढी तथा पहिरोमा फसेका १०४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका तीन जना रहेका छन्।
यसैगरी, विभिन्न जिल्लामा गरी १६५ वटा शव फेला परेको छ। फेला परेका शवमध्ये धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनहुँमा नौ, चितवनमा ६४ र नवलपरासी पश्चिममा पाँच वटा रहेका छन्। चितवनमा फेला परेका शव नारायणी नदी किनारबाट भेटिएका हुन्। केही शवको पहिचान हुन बाँकी रहेको छ।
बाढी तथा पहिरोमा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेका छन्।
उद्धार तथा राहत कार्यका लागि नेपाल प्रहरीका ३ हजार ३१५ र सशस्त्र प्रहरी बल नेपालका १ हजार २३७ जना जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाका छ र सशस्त्र प्रहरी बल नेपालका नौ गरी जम्मा १५ वटा हेलिकोप्टर उद्धार कार्यमा परिचालन गरिएको एनईओसीले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























